Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनीको मित्रता अपाङ्गता समावेशी विद्यालयको शुभारम्भ ः एसियाकै नमुना समावेशी शिक्षा केन्द्र बनाइने

  • 473
    SHARES
  • 473 Shares
  • जनचाहना न्यूज
    तनहुँ २३ असार 
    आबुखैरेनी गाउँपालिका स्थित मित्रता अपाङ्गता समावेशी विद्यालयको औपचारिक रुपमा संचालनमा ल्याइएको छ ।  फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधिमार्फत शिक्षा दिन सुरु गरिएको हो ।  एसिया कै नमुना समावेशी शिक्षाको केन्द्रको रूपमा विस्तार गर्न गाउँ पालिका प्रतिवद्ध भएर अघि बढेको  गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 
    “शिक्षा सबैका लागि” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विशेषगरी अपाङ्गता भएका बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय संचालनमा ल्याइएको उहाँले बताउनुभयो ।  
    उहाँले भन्नुभयो “अहिले विद्यालयमा पच्चीस जना बालबालिका भर्ना भइसकेका छन् भने यही महिना भित्र चालिस जना पु¥याउने लक्ष्य लिइएको छ ।” 
    हालको भौतिक संरचनाका कारण सम्पर्कमा आएका सबैलाई भर्ना गर्न नसकिने भएकाले नयाँ भवन निर्माणसँगै थप बालबालिकालाई समेट्ने प्रयास गरिने उहाँले बताउनुभयो । 
    यस विद्यालय अपाङ्गता भएका बालबालिकामात्र नभई जटिल र फरक प्रकृतिका आवश्यकता भएका विद्यार्थीहरूको लागि पनि सिकाइको साझा थलो बनाइने छ । 

    student.jpg
    उहाँले भन्नुभयो “समावेशी शिक्षा सम्बन्धी विशेष तालिम प्रदान गरिनेछ, जसले शिक्षा क्षेत्रमा कार्यरत मानव स्रोतलाई समावेशी शिक्षाको अनुभव र दक्षता प्रदान गर्न सहयोग पुग्नेछ ।”
    विद्यालयले शिक्षा मात्र होइन, थेरापी सेवा, मनोपरामर्श सेवा, तथा आधारभूत स्वास्थ्य उपचार सेवा समेत एउटै छानामुनि प्रदान गर्ने लक्ष्य राखिएको छ । 
    यसले अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सम्पूर्ण सेवा एकीकृत रूपमा उपलब्ध गराइने छ,उहाँले भन्नुभयो “विद्यालयले विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।” 
    विद्यालय कुनै निजी पहलमा नभई सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित संस्था भएकाले यसले शिक्षालाई मौलिक हकको रूपमा व्यवहार गर्ने गाउँपालिकाले जनाएको छ । 
    मित्रता अपाङ्गता समावेशी विद्यालय हाम्रो पालिकाको शिक्षामा समानता र सहअस्तित्वको स्पष्ट प्रतिबिम्ब हो । यो विद्यालयले केवल सिकाइ मात्रै नभई जीवन बदल्ने अवसरहरू प्रदान गर्नेछ । 
    विद्यालयका अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, काठमाडौँ विश्वविद्यालयका समावेशी शिक्षाका प्राध्यापक शिक्षाविद् डा.बाबुराम ढुंगाना,राष्ट्रिय अपाङ्गता महासंघ नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष गंगा देवी घर्ती मगर,वडाध्यक्ष,जनप्रतिनिधी,अभिभावक लगायतका उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार