जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिका( ६ मा मधेश प्रदेशको मन्त्रीका छोराले चलाएको कारको ठक्करबाट घाइते स्कुटर चालकको उपचारका लागि काठमाडौं रेफर भएका छन् ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको छोरा सुमित शर्माले चलाएको बा। १५ च। ५२३३ नम्बरको कारले प्रदेश २–००–००२ प ८८५० नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक जलेश्वरकै श्याम शर्मा घाइते भएका थिए ।
उनको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । प्रहरीको अनुसार शर्माको उपचार अहिले बीएण्डबी अस्पतालमा भइरहेको छ । दुर्घटनामा मन्त्रीको छोरा सुमित पनि सामान्य घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार पश्चात उनी डिस्चार्ज भइसकेका छन् ।
स्रोतका अनुसार स्कुटरलाई ठक्कर दिने कार भने प्रहरीले नियन्त्रणमा लिएको छैन। दुर्घटनाग्रस्त कार अहिले कहाँ छ रु भन्ने नेपालप्रेसको जिज्ञासामा महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र खड्काले भने, ‘मलाई थाहा भएन । बुझेर भन्छु ।’
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij