Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तुइन चुडिँदा महाकाली नदीमा खसे एक पुरूष

  • 427
    SHARES
  • 427 Shares
  • सांकेतिक तस्वीर
    काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।

    व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकालीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

    मध्याह्न १२ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिँदा महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

    नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुडिँदा उनी बेपत्ता भएको निरीक्षक रावतले बताए ।

    बेपत्ता भएका नारायणको स्थानीयबासिन्दा र प्रहरीले खोजी गरिरहेको छ ।

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार