Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

  • 243
    SHARES
  • 243 Shares
  • रामपुर (पाल्पा) । यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन्।

    उनले गतवर्ष करिब छ हजार बराबरको बिरुवा बिक्री गर्नु भएको थियो । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ। ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन्।

    प्रति बिरुवा ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए। नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए।

    यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ। बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ। ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योग समेत सञ्चालन गर्दै आउएका छन्। रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार