Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सौर्य विमान दुर्घटनाको अन्तिम प्रतिवेदन – तौल र स्पिडको सन्तुलन नमिल्दा विमान खस्यो

  • 509
    SHARES
  • 509 Shares
  • काठमाडौं । सौर्य एअरलाइन्सको विमान तौल र स्पिडको सन्तुलन नमिल्दा दुर्घटना परेको अनुसन्धानमा देखिएको छ ।

    ‘सी–चेक’का लागि २०८१ साउन ९ साउनमा पोखरा लैजाँदै गर्दा जहाज टेकअफ लिनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा एकजना पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो । क्याप्टेन मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पाँच सदस्यीय विमान दुर्घटना अनुसन्धान आयोगले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार विमान धावनमार्गबाट टेकअफ गर्दा तौल र स्पिडको सन्तुलन नमिलेको पाइएको हो ।

    जहाजले टेकअफ गर्दा नै सन्तुलन गुमाएको प्रतिवेदनमा उल्लेख छ । साथै, यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही भएको पनि पाइएको छ ।

    यसअघि छानबिन समितिले पनि तौलको सन्तुलन नमिल्दा विमान खसेको निष्कर्ष निकालेको थियो ।

     

    नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार