काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार टेलिग्राम बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो ।
टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङसमेत यसैमार्फत हुने गरेको भन्दै सरकारले बन्द गर्ने निर्णय लिएको हो । प्राधिकरणले भनेको छ, ‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसुर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।
नेपालमा टेलिग्राममार्फत ठगीका घटना बढेको प्रहरीले जनाएको छ । ‘टेलिग्रामबाट विभिन्न ठगीका घटना बढिरहेकोले बन्द गर्ने निर्णल लिइएको हो । मनी लाउण्डरिङ, अनलाइन जुवालगायतमार्फत सोझा नागरिकलाई ठग्ने काम भइरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले नेपालभ्युजसँग भने ।
टेलिग्राम के हो रु
टेलिग्राम एक चर्चित म्यासेजिङ एप हो, जसको सुरुवात सरकारी सेन्सरसिपबाट बच्न गरिएको थियो । तर, सरकारी निगरानी र अभिव्यक्ति स्वतन्त्रताको लडाइँबाट प्रेरित भएर सुरु गरिएको यो एप अहिले गोपनीयता, गलत प्रयोग र कानुनी बहसको केन्द्रबिन्दु बनेको छ ।
टेलिग्राम क्लाउड आधारित म्यासेजिङ एप हो, जसमा प्रयोगकर्ताहरूले सन्देश, फाइल, भिडिओ, आवाज आदानप्रदान गर्न सक्छन् । २ लाख सदस्यसम्मका समूह, खुला च्यानलहरू, तथा गोप्य ‘गोप्य च्याट’ गर्न सकिने यसको प्रमुख विशेषता हो । गोप्य च्याट र भिडिओ कलमा भलम(तय(भलम भलअचथउतष्यल लागू हुन्छ, जसले प्रयोगकर्ताबीचको संवाद केवल उनीहरूकै पहुँचमा सीमित राख्छ ।
टेलिग्रामको विकास रूसी उद्यमी पाभेल र निकोलाई डुरोभको व्यक्तिगत संघर्षसँग जोडिएको छ । सन् २००६ मा पाभेलले ख्प्यलतबपतभ ९ख्प्० नामक सामाजिक सञ्जाल स्थापना गरे, जसमा केही वर्षमै १० करोडभन्दा बढी प्रयोगकर्ता जोडिए । तर, सन् २०११ मा रुसको संसदीय निर्वाचनमा भएका विरोध प्रदर्शनलाई सेन्सर गर्न सरकारको दबाब आयो । तर, पाभेलले त्यो अस्वीकार गरे ।
त्यसपछि उनलाई पक्राउ गर्न घरमै सशस्त्र प्रहरी पठाइयो । कम्पनी बेच्न बाध्य पारियो र अन्ततः उनले ख्प् मात्र छाडेनन्, रुस नै छाडे । त्यसपछि सन् २०१३ मा आफ्ना दाजु निकोलाईसँग मिलेर टेलिग्राम विकास गरे, एउटा यस्तो प्लेटफर्म जसलाई कुनै पनि सरकारले सजिलै नियन्त्रण गर्न नसकोस् ।
सन् २०१३ अगस्ट १४ मा टेलिग्राम पहिलोपटक आईओएसमा सार्वजनिक भयो र केही समयमै एन्ड्रोइड संस्करण पनि आयो । मार्च २०२५ सम्म टेलिग्राममा १ अर्ब मासिक सक्रिय प्रयोगकर्ता भएको अनुमान छ ।
टेलिग्राम स्मार्टफोन, कम्प्युटर वा वेब ब्राउजरमार्फत सहज पहुँचयोग्य छ र प्रयोगकर्ताको कुराकानी यन्त्रहरूबीच स्वतः समायोजित हुन्छ । हाल यसको मुख्य कार्यालय दुबईमा रहेको छ ।
सफलता र आलोचना सँगसँगै
टेलिग्रामले ध्जबतकब्उउ जस्ता प्रतिस्पर्धीहरूलाई कडा चुनौती दिँदै विश्वभर प्रयोगकर्ता आकर्षित गर्यो । तर, गोपनीयता र खुला संरचनाको कारण यसलाई कट्टरपन्थी र आपराधिक समूहहरूले पनि दुरुपयोग गर्न थाले ।
सन् २०१५ मा पेरिसमा इस्लामिक स्टेट ९आईएसआईएस० ले गराएको आक्रमणपछि खुला रूपमा आतंकवादी च्यानलहरू टेलिग्राममा भेटिएको थियो । संस्थापक पाभेल डुरोभले सार्वजनिक च्यानलहरू हटाउने घोषणा गरे पनि निजी कुराकानीमा हस्तक्षेप नगर्ने अडान दोहोर्याए । ‘एचष्खबअथ ष्क उबचबmयगलत ९गोपनीयता सर्वोपरि हो०’ भन्नेमा उनी अडिग रहे ।
त्यसपछि सन् २०१९ मा ब्लतष्(म्भाबmबतष्यल ीभबनगभ ९ब्म्ी० ले टेलिग्रामलाई ‘श्वेत सर्वश्रेष्ठवादीहरूको नयाँ सुरक्षित थलो’ भने । यस्ता समूहहरूले ब्ल्याक, यहूदी र ीन्द्यत्त्तं समुदायमाथि धम्की दिने च्यानलहरू चलाएको प्रमाणित भयो ।
टेलिग्राम अहिले युद्ध, राजनीतिक विखण्डन र जनआन्दोलनमा समेत प्रभावशाली सञ्चारमाध्यम बनेको छ । सन् २०२३ मा रुसको निजी सेना वाग्नर ग्रुपका नेता येभगेनी प्रिगोजिनले विद्रोहको बेला १३ लाखभन्दा बढी फलोअरलाई टेलिग्रामबाट अपडेट दिइरहेका थिए । अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले पनि युद्धका बेलामा भिडिओ अपडेट दिन यही एप प्रयोग गरे ।
तर, टेलिग्रामको स्वतन्त्रता र गोपनीयताको सिद्धान्तमा आधारित यात्रा अहिले गम्भीर मोडमा पुग्यो,जब टेलिग्रामका संस्थापक पावेल डुरोभलाई फ्रान्सले सेप्टेम्बर २०२४ मा पक्राउ गरेको खबर प्रकाशित भयो, जहाँ उसलाई सार्वजनिक सामग्री नियन्त्रणमा ढिलाइ गर्ने, फ्रड र बाल दुर्व्यवहार सामग्री सम्बन्धी आरोप लागेको थियो । त्यसपछिका कानुनी विवादले गोपनीयता र नियमन सन्तुलनमा विश्वव्यापी बहस दियो ।
उनी पक्राउ परेका बेलामा टेलिग्रामलाई डार्कवेबसँग तुलाना गरिएको थियो । डार्कवेब इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।
कुन(कुन देशमा प्रतिबन्ध रु
टेलिग्राम विश्वकै दोस्रो धेरै जनसंख्या रहेको देश चीनमा पूर्णरुपमा प्रतिबन्धित छ । चीनले सूचना बहाव नियन्त्रण गर्न भन्दै सन् २०१५ देखि न्चभबत ँष्चभधबिि मार्फत उक्त एपमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।
यस्तै, मध्यपूर्वी देश इरानले पनि सन् २०१८ मै यस एपमाथि प्रतिबन्ध लगाएको थियो । सरकारविरुद्धको विरोध प्रदर्शन व्यवस्थापन गर्न तथा आन्तरिक सुरक्षा कारणले बन्द गरेको इरानी सरकारले बताएको थियो । तर, अहिले पनि आधाभन्दा बढी जनसंख्याले भीपीएनमार्फत उक्त एपमाथि पहुँच राख्दै आएको बताइन्छ ।
यस्तै, पाकिस्तानले पनि अक्टोबर २०१७ मा सामानधारा प्रयोगको निरीक्षणको अभावमा टेलिग्राम ब्लक गरेको थियो । केही आईएसपीमा स्थायी रूपमा प्रतिबन्ध छ ।
थाइल्याण्डमा पनि सन् २०२० मा विरोध प्रदर्शन समन्वयनका लागि प्रयोग भएको आरोपमा टेलिग्राममाथि प्रतिबन्ध छ ।
क्युबामा सन् २०२१ मा सरकारविरोधी आन्दोलन रोक्न टेलिग्राम बन्द गरिएको थियो । यस्तै, भियतनाममा पनि मे २०२५ मा सरकारद्वारा आपराधिक गतिविधि, ठगी र आतंकवादसम्बन्धी सामग्री फैलिएको भन्दै टेलिग्राम बन्द गर्न टेलिकम सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो ।
केही देशमा यस एपमाथि आंशिक प्रतिबन्ध लागेको छ । युरोपेली देश नर्वेमा सन् २०२३ देखि सरकारका उच्च अधिकार क्षेत्रमा टेलिग्राम प्रयोग निषेध गरिएको छ । बेलारुसमा पनि आधिकारिक रुपमा प्रतिबन्धित नभए पनि सरकारी आलोचना गर्ने केही च्यानलहरूलाई ‘उग्रवादी’ घोषणासँग जोडिएको र सहभागी भएर जेल सजाय हुन सक्छ ।
यस्तै, युद्धग्रस्त देश युक्रेनमा पनि सरकारी कामकाजमा उक्त एप सञ्चालनमा रोक लागेको छ, विशेषगरी जहाँ गोप्य सैन्य वा संवेदनशील क्रियाकलाप हुन्छन् । व्यक्तिगत प्रयोग जारी छ, तर सावधानी अपनाउन भनिएको छ । यता, रूसले सन् २०१८(२० को बीचमा भलअचथउतष्यल पभथक सुरक्षा निकायहरूलाई नदिएको भन्दै टेलिग्राममाथि प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । तर, प्रतिबन्ध पछि हटाइयो ।
अमेरिका, बेलायत, फ्रान्समा यस एपमाथि प्रतिबन्ध छैन । भारतमा पनि प्रतिबन्ध छैन । तर, फेक समाचार, अवैध लेनदेन र अवैध जानकारीको विज्ञापनलाई प्रवर्द्धन गर्ने गरेको गुनासोपछि सरकारले निगरानीमा भने राखेको छ ।
के टेलिग्राम खराब र गैरकानुनी कामका लागि मात्र प्रयोग हुन्छ रु
होइन । टेलिग्राम वैध कामका लागि पनि व्यापक रूपमा प्रयोग गरिन्छ, जस्तै – व्यवसाय, शिक्षा, एक्त्टिभिज्म, चेतनामूलक कार्य आदि । अन्य कुनै उपकरण वा एपझै टेलिग्रामको प्रयोग र उपायोग पनि कसले कसरी गरिरहेको छ भन्ने कुरामा भर पर्दछ । यो वाक स्वतन्त्रताका लागि एउटा प्लेटफर्म पनि हुनसक्छ, खराब मानिसका लागि गलत कामका लागि हतियार पनि ।
टेलिग्रामको खुला संरचना जस्तै – बोट, विशाल च्यानल, प्रयोगकर्ता नाममार्फत संवादले यसलाई अन्य एपभन्दा फरक बनाएको छ ।
संस्थापक पावेल डुरोभले अघिल्लो प्रतिबन्धको सन्दर्भमा भनेका थिए, ‘हामी आतंकवादी च्यानलहरू हटाउँछौं, तर प्रयोगकर्ताको व्यक्तिगत संवादमा हस्तक्षेप गर्दैनौं ।’
टेलिग्रामभन्दा पहिला नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो । त्यसबेला भने सामाजिक विकृति भनिएको थियो । पछि टिकटकको प्रतिबन्ध चाहिँ हटाइएको छ । सरकारले केही समयदेखि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटालाई नेपालमा दर्ता गर्न दबाब दिइरहेको छ । नेपाल सरकारले पटक(पटक दर्ता गर्न आह्वान गर्दै दर्ता नगरेको खण्डमा मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको छ । तर, कुनै कारबाही पनि अगाडि बढेको छैन ।
हालैका वर्षहरूमा प्रतिबन्ध नेपाल सरकारको सजिलो उपाय भएर आएको छ । कुनै पनि मुद्दालाई सम्बोधन गर्न नसकेमा प्रतिबन्ध घोषणा गर्नु सरकारको आदत जस्तै भएको छ ।
सन् २०१८ मा सामाजिक मूल्यमान्यतामा आएको विचलन र बढ्दो लैंगिक हिंसाको नाममा सरकारले करिब २४ हजार पोर्नोग्राफिक साइटहरू बन्द गर्यो । उक्त प्रतिबन्ध अहिले पनि कायम छ । तर, उक्त कदमले सरकारले चाहेको उद्देश्य पूरा भयो कि भएन भन्ने विषयमा भने कुनै अध्ययन छैन ।
अहिलेको युगमा पूर्ण प्रतिबन्ध भने करिब(करिब असम्भव कुरा हो । टिकटकमा प्रतिबन्ध लाग्दा पनि ख्एल् प्रयोगकर्ताले एप प्रयोग गर्न सकेकै थिए । अहिलेको टेलिग्राममाथिको प्रतिबन्ध पनि प्रयोगकर्ताको पहुँच इन्टरनेट सेवा प्रदायकको स्तरमा हो र ख्एल् प्रयोग गर्नेले यो एप खोल्न सक्नेछन् ।
बन्द र प्रतिबन्ध आजको युगमा समाधान होइन भन्दै कतिपय विज्ञहरू थप्छन्, ‘प्रविधिमा सुधार र डिजिटल शिक्षा बढाएर मात्र समस्या रोक्न सकिन्छ ।’
यो रिपोर्ट विभिन्न स्रोतको आधारमा तयार गरिएको हो ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij