Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिकाद्वारा दुई सय ६ विद्यार्थीलाई १८ लाख बढी छात्रबृत्ति वितरण

  • 570
    SHARES
  • 570 Shares
  • जनचाहना न्यूज
    तनहुँ ५ साउन 
    व्यास नगरपालिका कार्यालयले २०८१÷२०८२ मा दुई सय छ जना विद्यार्थीलाई रु.अठ्ठार लाख अट्चालिस हजार पाँचसय छात्रबृत्ति वितरण गरेको छ । 
    कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई रु.एघार हजारका दरले र कक्षा नौ देखि कक्षा १२ सम्मका एक सय सतसठ्ठी जनालाई रु.आठ हजार पाँच सयका दरले छात्रबृत्ति प्रदान गरेको हो ।  आर्थिक अवस्था नाजुक भएका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि मावि र उच्च तहको शिक्षा हासिल गर्न छात्रबृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ ।  
    शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भनि नगरपालिकाले शिक्षा क्षेत्रमा बर्षेनी ठुलोे रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो,“नगरपालिकाले स्थानीय पाठ्क्रम निर्माण गरी लागु गरेको छ,शैक्षिक क्यालेण्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ ।” 
    कक्षा ५ र ८ को परीक्षा संचालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ ।  राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षक,दीर्घ सेवारत शिक्षक,निवृत्त शिक्षक गरी ४९ जना र बाह्र जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो  । राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गरी उत्कृष्ट चार जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 
    संघीय शिक्षण सिकाई सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको तेइस वटा कोटामा बिषयगत शिक्षक पदपूर्ति गरिएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो,“प्रसूति बिदामा रहेका तेह्र जना शिक्षकहरुको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सुचारु गरिएको थियो ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार