समृद्वि बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा व्यासनगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयलाई मंगलबार शैक्षिक सामाग्री प्रदान गरेको छ । सहकारी संस्थाका अध्यक्ष अम्मर भण्डारीले विद्यालयका प्रधानाध्यापक एवं वडाध्यक्ष तुलसीराम सापकोटालाई रु.१५ हजार मूल्य बराबरको सामाग्री सहयोग गरेको हो । उक्त विद्यालयको ३१ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सहकारी संस्थाका अध्यक्ष भण्डारीले उक्त सहयोग गरेका हुन् । व्यासनगरपालिका–३ स्थित समृद्वि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक अभावका कारण अध्ययन गर्न कठिनाई भएका गरीब तथा जेहेन्दार विद्यार्थीहरुको लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । पैसा नभएर अध्ययनबाट बञ्चित हुनु परेका बालबालिकाहरुलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने योजना रहेको सहकारी संस्था अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्ने उक्त सहकारी संस्थालाई विद्यालयले धन्यबाद पत्र प्रदान गरी सम्मान गरेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij