Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भिरबाट लडेर एक किशोरीको मृत्यु

  • 282
    SHARES
  • 282 Shares
  • बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

    जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली, परगैरा घर भएकी १७ वर्षीया रश्मि बोहराको बुधवार भिरबाट लडेर मृत्यु भएको हो।

    घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहराको लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। भिरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो।

    बोहरा भूमिराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन्।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार