Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

  • 237
    SHARES
  • 237 Shares
  • रौतहट। रौतहटका मुस्लिम समुदायले वर्षाका लागि इस्तिस्का (पानीको प्रार्थना) गर्दै नमाज पढ्न थालेका छन्। परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागि भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन् ।

    रौतहटसहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापा कल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाजअदा गरेको स्थानीय इस्तिका अहमदले बताए । इस्तिस्का नामाज अदामा मुस्लिम समुदायका वृद्धदेखि युवासम्म सहभागी भएको उनको भनाइ छ ।

    लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने धार्मिक परम्परा रहेको समेत उनले उल्लेख गरेका छन् ।
    उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ ।

    खडेरी (जल संकट) ले जिव–जनावर, रुख–बिरुवा र खेतीबाली सुक्दै गएको र पिउने पानीसम्मअभावहुनथालेपछिविशेष नमाजअदागर्दै अल्लाहसँगबारम्बार दुवा गरेको उनको भनाइ छ । धार्मिक परम्पराअनुसार, लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने गर्छन्। यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेलाभगवान (अल्लाह) समक्षपानीको माग गर्ने गरिन्छ। यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक हुन्छ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार