Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहूँको  व्यास–११ दरैपँधेरा नजिक एक पुरुष मृत फेला,अनुसन्धानको लागि कुकुर परिचालन 

  • 252
    SHARES
  • 252 Shares
  • व्यासनगरपालिका–११ स्थित दरैपधेरा नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् । करिब ३५ देखि ४० उमेरका देखिने मंगोलियन जातिका पुरुष व्यक्ति मृत फेला परेका हुन् । ती पुरुषको टाउँकोमा कोदालो प्रयोग गरी हत्या गरेको देखिएको घट्नास्थलमा पुगेका प्रहरीले बताएका छन् । मृतक पुरुष स्थानीय नभएको र स्थानीयबासीले समेत नचिनेका कारण पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अहिले उक्त घट्नास्थलमा पोखराबाट अनुसन्धानको लागि कुकुर सहितको टोली पठाइएको छ । साथमा सिआइडी र कल डिटेल हेर्ने टोली पनि खटिएका छन् । स्थानीयबासीले बिहान घोप्टो परेको अवस्थामा ती व्यक्तिलाई देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको आडैमा रहेको झोला नजिकै रगत देखिएको छ । प्रहरीले अहिले उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार