जनचाहना न्यूज
दमौली १८ साउन
आबुखैरेनी १ समस्तिपुर स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा लागु पदार्थ दुर्ब्यसन रोकथाम तथा पुनस्थापना सचेतनामुलक कार्यक्रम पिस हेवन पुनस्थापना केन्द्रको आयोजनामा सम्पन्न भएको छ।
आबुखैरेनी गाउपालिका वडा नं। १ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङका अनुसार मतऔलि जातमा जाडरक्सिलाई परम्परा देखि नै स्वीकार गरिएको घरायसी रुपमै सेवन गर्ने बानिले भुसको आगो झै समाजमा सल्कीसकेको छ। भाबी पुस्तालाइ सचेत तथा नया पुस्तालाई दुर्ब्यसनको जालोबाट जोगाउन सुधारमा समाजका सबै निकायको अपरिहार्य भुमिका रहने बताउनुभयो ।
लागू पर्दाथ तथा दुब्यसन रोकथामका सन्दर्भमा लागू पदार्थ दुर्ब्यसन तथा परामर्शको क्षेत्रमा कार्यरत दुर्गा बहादुर थापाका अनुसार समुदायमा मादकदार्थ र लागुपदार्थको समस्या गम्भिर रहेको छ। घर, छिमेक नातागोतामा दुर्ब्यसनमा कोहि फसेको छ भने उसको ज्याजतिपुर्ण ब्यवहार सहन बाध्य हुने ब्यहोरा नखुलाउने लुकाउने प्रवृत्ति हाबी भएको पाइन्छ। बिहान निन्द्राबाट ब्युझने बितिकै लागुपदार्थ सेवन गर्नुपर्छ भने पनि उ दुर्ब्यसनीको पहिचान सगै जटिल मानसिक समस्या हो बानि ब्यहोरा सोच्ने बुझ्ने महसुस गर्ने तरिका नकारात्मक हुने हुँदा पुनस्थापना पश्चात ब्यवहार परिवर्तनमा घर,परिवार, छरछिमेकको सकारात्मक भुमिका महत्त्वपूर्ण हुने थापाले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले आबुखैरेनी गाउपालिकामा लागू औसध कारोबारिको ट्रान्जिट पोइन्ट बनेको बताउनुभयो । ठुलो मात्रामा लागुपऔसध ओसारपसार गर्ने गिरोह पैसाको लागि प्रयोग हुँदै आएको खुलासा भएको छ। यो बर्ष मात्रै ८० जना लागू औषध कारोबारमा सम्लग्न ब्याक्तिहरु पक्राउ परे जसमध्ये ५ जना महिला ७५ जना पुरुष पक्राउ गरि कानुनी दायरामा ल्याइएको सुबेदीले बताउनुभयो। कानुनी कठिनाईमा ठुलो रकम खर्च हुने अदालत धाइरहनु पर्ने घरको जिम्मेवार सदस्य नै रहस्यमय तवरले लागु औसध कारोबारिको चङ्गुलमा फसि पक्राउ पर्दा घर परिवार बिचल्लीत भएको यसमा गरिवकै छोराछोरी सिकार हुने गरेको सुवेदीले बताउनुभयो । उहाँका अनुसारआबु खैरेनीका पुर्व लागुपदार्थ प्रयोगकर्ता नाम परिवर्तन सिके मगर समयमै पुनस्थापना केन्द्रमा बसि आफुलाइ चिनेर बुझेर सुधारमा आएको ब्यवसाय संचालन गरि परिवारको उदारणिय सदस्य बनी आर्थिक रुपमा परिवारको जिम्मेवारी काधमा लिइ अघि बढेका छन् ।
बुटवलका पुर्व दुर्ब्यसनी मीन मगरले सुधार पुनः सेवन देखासिकी साथिसमुहको आग्रह लाई स्विकार्दा नाइ भन्न नसक्दा लामो समय दुब्यसनको दलदलमा फसे सगै सेवन गर्ने साथी ओभरडाज कै कारण आँखा अगाडि छटपटाउदै मरे म मात्रै बाछे बुटवल र दाङमा दर्जनौ रिहाव खोली संचालनमा ल्याइ हजारौ दुर्ब्यसनिलाइ उपचारमा ल्याइ सुधार्न सफल भए हाल उनिहरु देश तथा बिदेशमा रहि पेशा ब्यवसाय संचालन गरि परिवारको बलिया साहरा बनेका छन।
म बाच्नुको अर्थ आजको दिन दुब्यसन न्यूनीकरण तथा पुनस्थापनामा युवालाइ सुधारको बाटो हिडाउन कर्ममा गर्व लाग्ने मगरले बताउनुभयो । पिस हेवन पुनस्र्थापना केन्द्रका अध्यक्ष रबिन्द्र श्रेष्ठले सुधार गृह संचालनमा ल्याइ दुर्ब्यसनिहरुलाइ सुधारको बाटोमा हिडाउन आबुखैरेनी गाउपालिकामा सचेतनात्मक कार्यक्रम समुदाय स्तरमा बिस्तार गरिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण ईश्वर बास्तोलाले गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij