रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित बागमती नदीमा बेपत्ता भएका भारतीय युवकको शव फेला परेको छ।
गुजरा नगरपालिका–७ पल्टुवास्थित बागमती नदीको नहरमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरेर बागमती नदीको झोलंगे पुल नजिक नुहाउने क्रममा भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंह बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी थालेको थियो।
शनिबार दिउँसो ३ बजेको समयमा नुहाउन गएका सिंहलाई पानीको भेलले बगाएको हो। सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा आइतबार बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिममा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ।
भारतीय युवकको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पु¥याएको र पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने रौतहट प्रहरीले जनाएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij