काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागिएको छ । रिजल्ट प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सानोठिमीमा सुरू भएको छ । बैठक सकिएलगत्तै रिजल्ट आउट गर्ने बोर्डका अध्यक्ष माहाश्रम शर्माले जानकारी दिए ।
गत वैशाखमा सञ्चालत १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।
शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ को पूर्वनिर्धारित परीक्षा १० दिन धकेलिएको थियो ।
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij