Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सत्यवतीका कृष्टिना,बिपिन र सोमनले ल्याए कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट जिपिए ः बधाई दिनेको ओइरो

  • 1.2K
    SHARES
  • 1.2K Shares
  • जनचाहना न्यूज
    तनहुँ २० साउन 
    जिल्लाको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा राष्ट्रियस्तरमै सर्वोत्कृष्ट जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको परीक्षामा विज्ञान संकायका विद्यार्थी कृष्टिना पन्थ र बिपिन श्रेष्ठले र ३.९६  जिपिए ल्याएका हुन् । 
    त्यसैगरी सोमन श्रेष्ठ ३.९५ जिपिए र ३१ जना विद्यार्थीले ३.६ जिपिए भन्दा बढी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको सो विद्यालयले जनाएको छ । उक्त जिपिए ल्याउन सफल भएसंगै यतिबेला सामाजिक संजाल र भेटेरै विद्यार्थी र शिक्षकलाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । 
    कक्षा १२ मा विज्ञान,व्यवस्थापन,शिक्षा र कम्प्युटर इन्जिनियरीङ संकाय गरी पाँच सय एक जना विद्यार्थीले परीक्षा दिएकोमा तीन सय अठहत्तर जना पास भएको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले जानकारी   दिनुभयो ।
    उहाँले भन्नुभयो “दुई विद्यार्थीले ल्याएको जिपिए विद्यालयका लागि यो गौरवको बिषय हो,समग्रमा ७५ दशमलव ४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।” 
    सामाजिक संजालहरुमा हेर्दा अन्य जिल्लाका विद्यालयबाट ३.९६ सम्म जिपिए ल्याएको देखियो तर त्यो भन्दामाथि कसैको नदेखिएकाले शिक्षा क्षेत्रमा राम्रै गरिएछ भन्ने गर्व लागेको उहाँले बताउनुभयो । 
    विगतका बर्षहरुमा संचालित कक्षा १२ को परीक्षमा यस विद्यालयले त्यति जिपिए ल्याउन नसकेको सो विद्यालयले जनाएको छ । उक्त विद्यालयमा अहिले करीब दुई हजार छ सय जना विद्यार्थी अध्यनरत छन् । 
    प्राविधिक तथा गुणस्तरीय शिक्षा क्षेत्रमा राष्ट्रियस्तरमा ख्याति कमाउँदै आएको यस विद्यालयमा शैक्षिक अवलोकनका लागि विभिन्न जिल्लाबाट शिक्षक तथा विद्यार्थीहरु आउने गर्दछन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार