जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला कास्की पोखरा महानगरपालिका– ८ बस्ने ३३ बर्षीय किरण कुमार गुरुङको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । हत्यामा संलग्न जिल्ला तनहुँ व्यास नगरपालिका–११ दरैपधेरा बस्ने बर्ष २३ को पुजन नामले चिनिने आयुष तिवारी र सोही ठाउँ निवासी बर्ष १९ का संगम गुरुङलाई पक्राउ गरेको हो । तीनै जना बसेर मदिरा सेवन गर्ने क्रममा किरण गुरुङले तिवारीको पानी जुठो हालेको निहुँमा कुटपीट भएको प्रहरी स्रोतबाट खुल्न आएको छ । मदिराको नशामा कोदालो र खुर्पाको प्रयोग गरी गुरुङको हत्या भएको खुल्न आएको छ । गुरुडको हत्यामा प्रयोग गरिएका उक्त सामाग्री समेत प्रहरीले बरामद गरिसकेको जनाएको छ । उनीहरु तीन जना काठमाण्डौमा पेन्टिङ काम गर्ने साथी भएको पनि खुल्न आएको छ । तिवारी र मृतक गुरुङ बीच पुरानो रिसाबी भएको पनि अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ । दरैपधेरा निवासी तिवारीले आफ्नो भाईलाई समेत सोही दिन मरणसन्न हुने गरी कुटपीट गरी घाइते बनाएका थिए । तिवारीले विगतका दिन देखि नै गाउँमा समेत दादागिरी देखाउँदै स्थानीयबासीलाई डर,त्रास र धम्की दिदै आएको एक स्थानीयले बताए । हिजो शुक्रबार बिहान अन्दाजी साढे ७ बजेको समयमा व्यासनगरपालिका–११ दरैपधेरा नजिक तिवारी र गुरुङले कोदालो प्रयोग गरी किरणको हत्या गरेका थिए । मृतकका बुबा पदम बहादुर गुरुङले कर्तव्य ज्यान सम्बन्धी मुद्दा शीर्षकमा किटानी जाहेरी दिएका थिए । मृतकको शव पोष्टमार्टम गरी आफन्तजनले बुझि लगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घट्ना भएको करिब चार घण्टाको अवधिमा अभियुक्तलाई पक्राउ गर्न सकिएको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij