दुलेगौंडा, २४साउन
तनहुँ जिल्ला, सेपाक ताक्रो संघ र शुक्लागण्डकी नगरपालिका सेपाक ताक्रो संघको आयोजनामा शुक्रवार दुलेगौंडामा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनज्योती मावि भिमादकी छात्रा अर्चना गौतम प्रथम भएकी छिन् ।
‘विद्यार्थी जीवनमा खेलकुदको महत्व’ शिर्षकमा भएको प्रतियोगितामा माउण्ट अन्नपुर्ण स्कुल भिमादकी छात्रा सरगम विक द्धितीय र धर्म मावि भिमादकी दिपिशा पौडेल तृतीय हुन सफल भए । यसैगरी मीन मावि म्याग्देकी प्रविधि वाग्ले र हंशवाहिनी मावि शुक्लागण्डकीकी मानसी खनाल सान्त्वना भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १÷१ हजार रुपैया नगद र प्रमाणपत्र पाए । उनीहरुलाई शुक्लागण्डकी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज पण्डित, शिक्षा शाखाका अधिकृत शुशिल नराल, सेपाक ताक्रो संघका अध्यक्ष श्याम कुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा शुक्लागण्डकी, भिमाद र म्याग्देका २२ माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । शुक्लागण्डकी नगरपालिका शिक्षा शाखाका अधिकृत शुशिल नरालको नेतृत्वको निर्णायक मण्डलले निर्णायकको भूमिका निर्वाह गरेको थियो ।
यसअघि प्रतियोगिताको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा रुची जगाउन सहयोग पुग्ने बताए । तनहुँ जिल्ला, सेपाक ताक्रो संघका अध्यक्ष श्याम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्रीकान्त उपाध्यायले स्वागत र सचिव हरिश्चन्द घिमिरले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको थियो । साथै सहभागी विद्यार्थीहरुालाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij