Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिन्धु आधारभूत विद्यालयमा ४२ विद्यार्थीलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग

  • 398
    SHARES
  • 398 Shares
  • जनचाहना न्यूज
    दमौली १ भदौ 
    व्यास नगरपालिका वडा नं. ५ साँगे, सेरा स्थित सिन्धु आधारभूत विद्यालयमा शनिबार खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराइएको  छ । पूर्व सांसद कलिला खान, वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्रा श्रेष्ठ, समाजसेवी राजकुमार श्रेष्ठ, समाजसेवी रिता मल्ल लगायतको टिमले उक्त विद्यालयमा खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराएका हुन् ।  उनीहरुले सोही विद्यालयको आवासीय भवनमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका १८ जना बालबालिका र साधारण तर्फका २४ गरी ४२ जना  बालबालिकाहरुलाई सामग्री उपलब्ध गराएका हुन् । सो टिमले बालबालिकाहरुका लागि चामल, नुन, तेल, दाल, चियापत्ती, मसला, विस्कुट, चकलेट, पनिर, कापी, कलम जस्ता सामग्रीहरु उपलब्ध गराएका थिए । सोही अवसरमा बोल्दै पूर्व सांसद खानले बालबालिकाहरुलाई पठनपाठनमा थप अगाडि बढाउन सहयोग उपलब्ध गराइएको बताइन् । श्रेष्ठको पहलमा उक्त समुहले विद्यालयलाई खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराएको हो ।  कार्यक्रममा विद्यालयका प्रअ मदन वाग्ले, सहायक प्रअ ताराबहादुर थापा, व्यास नपा लेखाजोखा केन्द्रका संयोजक ईश्वर बास्तोला लगायतकाले खाद्यान्न र शैक्षिक सामग्रीहरुले बालबालिकाहरु उत्साहित भएको बताएका  थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार