काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको आवागमन दुईतर्फि नै अवरुद्ध भएको छ ।
आज बिहान ४स्०० बजेतिर तुईन पुल नजिकै ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको छ ।
पहिरो हटाउनको लागि डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ सडक डिभिजन कार्यलय भरतपुरले जनाएको छ ।
करिब २(३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने कार्यलयले जानकारी गराएको छ । कार्यलयले वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध गरेको छ ।
तस्बिर: सुपरभाइजर ईश्वर क्षेत्री
न्यूजपोलार
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij