Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विश्व फोटोग्राफी दिवस : ४ हजार मिटरमाथि चुङरी बुकीमा खिचिएका भेडीगोठका मनमोहक तस्बिरहरु

  • 430
    SHARES
  • 430 Shares
  • काठमाडौं । आज १९ अगस्ट, विश्व फोटोग्राफी दिवस । यो दिवस केवल क्यामेराको क्लिक वा सुन्दर तस्बिरहरुको संग्रह मात्रै होइन, यो त एउटै तस्बिरले हजारौं शब्दभन्दा बढी बोल्न सक्छ भन्ने विश्वासको दिवस हो ।

    इतिहासमा फोटोग्राफरको एउटा फोटोले ठूल्ठूला युद्धहरु रोक्न बाध्य मात्रै बनाएको छैन, आमनागरिकको मौन विद्रोहलाई विश्वव्यापी आवाज समेत दिएको छ ।

    यो दिनलाई संसारभरका फोटोग्राफरहरूले आफ्नो कलाको सम्मानको दिनको रुपमा मनाउँछन् । उनीहरु तस्बिरमार्फत् आफ्नो दृष्टिकोण र विचार विश्वलार्य बताउँछन्, तस्बिरको माध्यमबाट मानवताको कथा सुनाउँछन् ।

    आज यही विश्व फोटोग्राफी दिवसको अवसरमा रुकुम पूर्वका फोटोग्राफर दिलचन पुनले आज बिहानै लेकको जीवनलाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।

    समुद्री सतहबाट ४,००० मिटरभन्दा अग्लो चुङरी बुकीको निर्मल आकाशमुनि रहेको भेडीगोठका तस्बिरहरु पुनले खिचेका छन् । उनका तस्बिरहरुले प्राकृतिक सुन्दरता र ग्रामीण जीवनबीचको तादम्यताको कथा भन्छन् ।

    पुथा उत्तरगंगा गाउँपालिका–११ का धर्मशीर बुढा लगायत आठ परिवार अहिले चुङरी बुकिमा भेडाहरु लिएर पुगेका छन् । उनीहरू हरेक वर्ष जेठको हरियालीसँगै आफ्ना सयौं भेडाहरूलाई लेक पुर्याउँछन् । भदौको चिसो सुरु भएपछि मात्रै उनीहरू औलतिर झर्छन् ।

    दिलचन पुनका यी तस्बिरहरूमा तपाईं कुहिरोको घुम्टो ओढेर बसेका पहाडहरू, हरियो बुकीमा छरिएका मोतीजस्ता भेडाहरू र गोठालाहरूको सादगीपूर्ण तर संघर्षशील जीवनको प्रतिबिम्ब देख्न सक्नुहुन्छ । तस्बिरहरुमार्फत् हेर्नुहोस् भेडीगोठका जीवन्त दृष्य स्

    तस्बिर: दिलचन पुन

               

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार