जनचाहना न्यूज
दमौली ५ भदौ
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिका– १ सत्रसय स्थित मित्रता माध्यमिक विद्यालयसँग समन्वय गरी छात्राहरुलाई आत्मरक्षा तथा अधिकार संम्बन्धी सचेतना कार्यक्रम प्रदान गरिएको छ ।
छात्रा लक्षित विद्यालयस्तरीय सचेतना कार्यक्रममा कक्षा ९ देखि कक्षा १२ मा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तथा अधिकार संम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
महिला तथा किशोरीहरू दिनानुदिन विभिन्न प्रकारका सामाजिक, शारीरिक तथा साइबर हिंसाको जोखिममा परिरहेका वर्तमान परिवेशमा, उनीहरुलाई सचेत गराइएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनभयो ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक धन बहादुर थापाले यौन तथा साइबर हिंसाबाट जोगिन आवश्यक सतर्कता र उपायबारे जानकारी साथै, विद्यमान कानुनले महिलालाई दिएको संरक्षण र अधिकारबारे सचेत गराउनु भएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij