Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सुट्केसमा फेला परेको शवको पहिचान खुल्यो

  • 715
    SHARES
  • 715 Shares
  • रौतहट  । रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेको शवको पहिचान खुलेको छ ।

    माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ ।

    सुटकेस भित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए ।

    उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् ।

    आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार भारतमा नै बस्दै आएको स्थानीयले बताएका छन् ।

    रुवीको एक छोरा छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । यस विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ

    डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार