शुक्रबार अन्दाजी ८ बजेको समयमा जीप दुर्घटना हुँदा मृत्यु भएका आफन्तजनले अहिले सम्म शव बुझेका छैनन् । यो समचार तयार पार्दासम्मको अवधिमा कुनै पनि मृतका आफन्तजनहरु शव नबुझेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप चालक र जीप मालिकलाई शनिबार साँझ मात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घट्ना पश्चात चालक र जीप मालिक फरार रहि सम्पर्कमा आउन ढिलाई भएका कारणले पनि प्रक्रिया अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ । कसैका छोरा बिदेशमा रहेका आउनुपर्ने भएकोले पनि शव बुझ्न नमानेको हुन सक्छन् । उनले भने ‘केही व्यक्तिको जाहेरी आइसकेको हुँदा अब प्रक्रिया अघि बढाइन्छ । ’साराङघाटबाट बन्दीपुर तर्फ जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप बन्दिपुर–६ धरमपानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना सख्त घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बन्दिपुर–६ का ५३ बर्षीय हरी न्यौपाने,सोही स्थानका २४ बर्षीय रोशन गुरुङ,९ महिनाकी आरुबी थापा,बर्ष ४८ की सुसिला देबी न्यौपाने,बर्ष ४८ का सन्तबहादुर गुरुङ र बर्ष ५० की बिमाया गुरुङ रहेका छन् । दुर्घटनामा परि घाइते भएका अन्य ८ घाईते यात्रुहरुको भरतपुर शिक्षण अस्पताल चितवनमा थप उपचारको लागि पठाइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij