Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दुई दिन पछि आफन्तले बुझे शब ः दमौली अस्पताल पुगेका कसैको देखिएन आँखा ओभानो 

  • 216
    SHARES
  • 216 Shares
  • एस.बि.नेपाली 
    शुक्रबार अन्दाजी ८ बजेको समयमा जिल्लाको बन्दिपुरमा दुखद घट्ना हुन पुग्यो । जीप दुर्घटना परि एकै गाउँ ठाउँका ६ जनाले अकालमा ज्यान गुमाउनुपर्र्यो । आइतबार साँझ मृतक भएका मध्ये चार जनाको आफन्तजनले शव बुझि लगेका हुन् । 
    दमौली अस्पतालमा पोष्टमार्टम पछि मृतकका आफन्तजनले शव लैजाने क्रममा उपस्थित सहभागि भएकाहरुको कसैको आँखा ओभानो रहेन् । बन्दिपुर–६ का ५३ बर्षीय हरी न्यौपाने र बर्ष ४८ की सुसिला देबी न्यौपाने बाहेक अन्यको शव आफन्तजनले बुझेको सामाजिक अभियान्त सिद्धान्त थापामगरले जानकारी दिए । मृतक न्योपानेद्वय श्रीमान् श्रमति हुन् । 
    निजका छोराहरु रोजगारीको सिलसिलामा बिदेशमा रहेकोले छोरा आएपछि शव बुझ्ने बताइएको छ । आइतबार पीडित पक्ष,पीडक र प्रशासन प्रहरी बीच भएको त्रिपक्षीय छलफलमा सहमति जुटेपछि आफन्तजनले शब बुझेका हुन् । मृतकका परिवारलाई बीमा बापतको रु.पाँच लाखका दरले क्षतिपूर्ति दिने र घाइतेहरुको जीपका धनिले उपचार खर्च ब्योर्हने सम्झौता भएको हो । मृतकका परिवारलाई काजक्रिया बापत रु.पचास हजारका दरले आजै प्रदान गरी बाँकी रु.चार लाख ५० हजार २५ दिन भित्र बुझाउने सहमति अनुरुप आफन्तजनले शब बुझेका हुन् । दुर्घटनामा परि मृत्यु भएकाहरु सोही स्थानका २४ बर्षीय रोशन गुरुङ,९ महिनाकी आरुबी थापा, बर्ष ४८ का सन्तबहादुर गुरुङ र बर्ष ५० की बिमाया गुरुङको आजै शव बुझिलगेका छन् । 
    साराङघाटबाट बन्दीपुर तर्फ जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप बन्दिपुर–६ धरमपानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना सख्त घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएका अन्य ८ जनामध्ये दुई जना डिस्चार्च भै घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । अन्यको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भैरहेको छ,उनले भने । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार