Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सूचीकरणबारे जिज्ञासा राख्दै रास्वपाले मेटा र युट्युवलाई पठायो इमेल

  • 274
    SHARES
  • 274 Shares
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।

    रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी ९मेटा, गुगल० र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न पहलको लागि पत्र पठाएको प्रवक्ता मनिष झाले बताए ।

    रास्वपाले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायतको विषयमा जिज्ञासा पत्र पठाएको हो ।

    सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गरेको छ। रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार