Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चल्न थाल्यो फेसबुक

  • 336
    SHARES
  • 336 Shares
  • काठमाडौं । काठमाडौंमा जेन जीको आन्दोलन चर्किएसँगै फेसबुक खुल्न थालेको छ ।

    अधिकांश आइएसपीहरुले आज फेसबुक खुला गरेका हुन् ।

    देशभरका इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चलेको बताएका छन् । यद्यपि, कम्पनीहरूले भने यो विषयमा कुनै पनि औपचारिक जानकारी गराएका छैनन् ।

    सरकारले दर्ता हुन नआएको भन्दै फेसबुक, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि रोक लगाउने निर्णय लिएको थियो ।

    उक्त निर्णयको विरुद्धमा आज जेनजी पुस्ता आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै प्रभावले फेसबुक खुलेको हुन सक्ने बताइएको छ ।

     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार