तनहुँको व्यास नगरपालिका भित्र संचालित आठ वटा सामुदायिक सिकाइ केन्द्रलाई सोमबार कदरपत्रले सम्मान गरेको छ । वडा भित्रका निरक्षर व्यक्तिहरुलाई साक्षर गराउन सफल उक्त सिकाइ केन्द्रलाई सम्मान गरिएको हो । समुदाय भित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन उल्लेखनीय भूमिका निभाएको भन्दै सामुदायिक केन्द्रलाई कदरपत्रले सम्मान गरिएको व्यास नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक किशोर बाँस्तोलाले जानकारी दिए । व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले सिकाइ केन्द्रका अध्यक्ष र सहजकर्तालाई कदरपत्र प्रदान गरेकी हुन् । सो अवसरमा बोल्दै उहाँले वडाभित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउने कार्यमा सिकाइ केन्द्रले गरेको योगदानको उच्च मुल्याङकन गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिइने बताइन् । सिक्न नपाएका व्यक्तिहरुलाई उक्त केन्द्रले शिक्षा प्रदान गरी साक्षर नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् । कार्यक्रममा व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, शिक्षा अधिकृत नविन पराजुली लगायतकाले सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij