Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पतालमा

  • 414
    SHARES
  • 414 Shares
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् ।

    शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ ।

    आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको सिभिल अस्पतालमा पुगेर घाइते भेटेकी हुन् ।

    उनले आन्दोलनकारीको आक्रमणमा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार