Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

यही माघ ९ गतेभित्र माग फाराम पेश गर्न विद्यालयहरुलाई निर्देशन

  • 264
    SHARES
  • 264 Shares
  • तनहुँको व्यास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुलाई माघ ९ गतेभित्रमा दोस्रो चौमासिक माग फाराम पेश गर्न निर्देशन दिएको छ । कार्यालयले माघ ९ गतेभित्रमा माग फाराम पेश गरिसक्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी एवं उपसचिव नगेन्द्रप्रसाद रेग्मीले बताए ।  अबको पाँच दिनभित्रमा माग फाराम पेश गरिसक्न भनेका छौ । उनले भने ‘दोस्रो चौमासिक तलब भत्ता मंसिरदेखि फागुनसम्मको निकासाका लागि छिटो माग फाराम पेश गर्न विद्यालयहरुलाई निर्देशन दिइएको छ ।’ अहिलेसम्म ५२ वटा विद्यालयले मात्रै दोस्रो चौमासिक निकासा माग गरेको तथ्याङ्क सो शाखाले सार्वजनिक गरेको छ । अझै पनि केही विद्यालयहरु बाँकी रहेकाले समयमै माग फाराम पेश गरी निकासा माग गर्न शाखाले विद्यालयहरुलाई आग्रह गरेको शिक्षा अधिकृत नविन पराजुलीले बताए । समयमै दोस्रो चौमासिक माग फाराम पेश हुन नसकेमा त्यसको जिम्मेबार सम्बन्धित विद्यालयका प्रधानाध्यापक नै हुनुपर्ने छ अधिकृत पराजुलीले भने ।  सबै विद्यालयहरुको माग फाराम आइ नसकेका कारण निकासा दिन ढिलाइ भएको व्यास नगरपालिकाको लेखा शाखाले जनाएको    छ । व्यास नगरपालिकाभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन । उनीहरुको ४÷४ महिनामा तलब निकासा हुने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार