चितवन । नारायगढ– मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाएर बाटो छिचोलिएको छ ।
शुक्रबार साँझ ६ बजे खसेको पहिरो ४५ घण्टापछि पन्छाइएको हो । पहिरो तत्काल नझरेकोको अवस्था केहीबेरमै एकतर्फी बाटो खुलाउने तयारी भइरहेको चितवनका सिडिओ गणेश अर्यालले नेपाल प्रेसलाई बताए ।
उनले भने,‘पहिरो पन्छाएर बाटो छिचोलेको छ । पहिरो तत्काल खसेन भने केहीबेरमा एकतर्फी बाटो खुलाउने तयारीभइरहेको छ ।’ पहिरोको कारण उक्त सडकखण्ड ४५ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै अलपत्र परेको छ भने यात्रुहरु पनि विचल्लीमा परेका छन् ।
सडक डिभिजन भरतपुरको टोलीले एक्टाभेक्टर रोलर र डोजर प्रयोग गरी पहिरो पन्छाइरहेको हो ।
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij