व्यास नगरपालिका वडा नम्बर–१० स्थित छाङ्गाबराही खहरे टोल विकास संस्थाको अध्यक्षमा रमाकान्त ढुंगाना चयन भएका छन् । संस्थाको २२ औं साधारण सभा एवम ११ औं अधिवेशनले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कलाकारीता क्षेत्रमा उत्तिकै जुझारु ढुंगाना सामाजिक कार्यत्रमा पनि सक्रिय रहदै आएका छन् । संस्थाको उपाध्यक्षमा देवीप्रसाद भुषाल, सचिव प्रेम गिरी विशाल तथा कोषाध्यक्षमा पुष्पा सापकोटा छन् । यस्तै, संस्थाको सदस्यहरुमा देवकी सापकोटा, लालबहादुर दरै, विष्णु लामिछाने, नवराज ढुङ्गाना र कुलराज सापकोटा रहेका छन् । दयाराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मी परियार, निवर्तमान उपाध्यक्ष रमाकान्त ढुङ्गाना, बलबहादुर शाही, देवीप्रसाद भुषाल, अनिता बानियाँ, अस्मिता बानियाँ, रामचन्द्र ढकाल, लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij