हाल देशमा पश्चिमी वायुको प्रभाव परिरहेको रहेको छ । बिहान पहाडी भु(भागहरुमा आँशिक देखि सामान्य बदली रहेको छ भने तराई भेगमा हुस्सु कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रही सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी प्रदेश सँगै प्रदेश नं १, बाग्मती प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हिमपात हुनसक्ने महाशाखाले उल्लेख गरेको छ । महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।