Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सत्यवती माविको प्रधानाध्यापकमा गुरुङ

  • 329
    SHARES
  • 329 Shares
  • व्यासनगरपालिका–२ स्थित सत्यवती माध्यामिक विद्यालयको निमित्त प्रधानाध्यापकमा एकबहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षमा बिहीबार बसेको बैठकले विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले मंसिर २९ गते दिएको राजीनामा स्विकृत गरी गुरुङलाई नियुक्त गरेको हो  । समितिको पुस ६ गतेको निर्णय अनुसार प्रधानाध्यापकको नियुक्ती प्रक्रिया पुरा नहुँदा सम्मको लागि नियुक्त गरिएको  विद्यालयले जनाएको छ । विद्यालयमा कार्यरत माध्यामिक तहको प्रथम श्रेणीका शिक्षक गुरुङलाई समितिका वैठकले सर्वसम्मत रुपमा चयन गरिएको समितिका अध्यक्ष काफ्लेले जानकारी दिए । व्यास नगरपालिका –४ दमौली निवासी निमित्त प्रधानाध्यापक गुरुङ २०६० सालमा माध्यामिक तहको तृतिय श्रेष्णीमा स्थायी शिक्षक भएका थिए ।  बिसं २०६७ सालमा द्धितिय र २०७७ सालमा प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका थिए । प्रथम श्रेणीमा जिल्लामा रहेका तीन जना वरिष्ठ शिक्षक मध्ये गुरुङ बरिष्ठ शिक्षक हुन् ।  गुरुङ विज्ञान तथा गणित विषयका शिक्षक हुन । गुरुङ वरिष्ठ शिक्षक भएकै कारण उक्त पदमा नियुक्त गरिएको  अध्यक्ष काफ्लेले बताए ।   समितिका सदस्य कल्पना पोख्रेलले विद्यालयको लागि दुःख गरेर विद्यालयको गरिमा बढाउने काम गरेकोमा निर्वतमान प्रधानाध्पकबाट भएको उल्लेख गर्दै नवनियुक्त गुरुङले पनि सोही अनुसारको काम हुने अपेक्षा गरिएको बताइन् । सत्यवतीलाई देशकै प्रथम विद्यालय बनाउन प्रत्यत्नशिल हुने निमित्त प्रधानाध्यापक गुरुङले बताए । गुरुङलाई सो अवसरमा समितिका सदस्यहरु गौरी शंकर थापा, कृष्णकुमार श्रेष्ठ, रिता रेग्मी सिग्देल, लक्ष्मी कान्त मिश्र र रुपक श्रेष्ठले बधाई ज्ञापन गरेका थिए । 
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार