Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिडिओ कार्यालय प्रवेश गर्दा खोप कार्ड अनिवार्य

  • 221
    SHARES
  • 221 Shares
  • जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार देखि सेवा लिन आउने सेवाग्राहीले अनिबार्य कोभिड बिरुद्दको खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ कोरोना भाइरस र नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषद्को पौष ३० गतेको आदेश अनुरुप सुरक्षा मापदण्डमा कडाई गरिएको हो । प्रशासनबाट प्रदान गरिने सेवा लिनका लागि आउने सेवाग्राहीले अनिवार्य रुपमा कोभिड–१९ बिरुद्दको खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको सहायक प्रजिअ काशिराम गैरेले जानकारी दिए । मोबाइलमा फोटो खिचेको खोप कार्ड भएपनि देखाउनुपर्ने व्यवस्था मिलाइएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयमा सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीहरुले कोभिड खोप कार्ड लिएर आउन सम्बन्धित सबैमा सूचित गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय तनहँुले माघ ५ गते देखि लागु हुने गरी जारी गरेको आदेश अनुसार शुक्रबार देखि प्रशासन कार्यालयमा पनि अनिवार्य गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार