Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पत्रकार एलबी बिश्वकर्माको निधनले दलित पत्रकार संघ स्तब्ध,उपचारमा हेलचक्राई गर्ने अस्पताललाई कारबाहीको माग 

  • 226
    SHARES
  • 226 Shares
  • टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार २६ बर्षीय लालबहादुर विश्वकर्मा एलबीको  अल्पायुमै भएको असामयिक  निधनप्रति राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्तब्ध भएको छ । संघका महासचिव  लक्ष्मण दर्नालले बिहीबार शोक बक्तव्य जारी गर्दै स्वर्गीय पत्रकार विश्वकर्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन् ।  साथै, यस शोक घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त मिलोस भनि गहिरो समवेदना व्यक्त गरिएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका पत्रकार विश्वकर्माको उपचारकै क्रममा बिहीबार बिहान साढे  ३ बजे निधन भएको हो । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा रहेका      छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका थिए । समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य समेत रहेका विश्वकर्मा इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतका संञ्चारमाध्यममा काम गर्दै आएका थिए । पत्रकार बिश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ । पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको छ । यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । यो विषयमा तत्काल छानविन गरी उपचारमा हेलचेक्रयाइँ गर्ने अस्पताललाई कारवाही गर्न संघले जोडदार माग गर्दछ सो शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार