जनचाहना न्यूज
दमौली २८ कार्तिक
तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार स्नातक तहको शिक्षाशास्त्र संकाय प्रथम बर्षमा भर्ना भएकी छन् । पढ्ने इच्छालाई उमेरले छेक्दैन भन्ने सकारात्मक सन्देश यतिबेला राजनीतिककर्मी परियारले दिएकी छन् । परियारको व्यास नगरपालिकामा कार्यपालिका सदस्य बनेको दोस्रो कार्यकाल हो।
उनी शुक्रवार दिउसो आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र संकाय प्रथम वर्षमा बीएड नेपाली समूहमा भर्ना भएकी हुन्। अध्ययन छोडेको ३२ बर्षपछि उनि नियमित विद्यार्थी बनेर पढ्ने इच्छा लिएर क्याम्पस भर्ना भएको परियारले बताइन् । उनले विसं २०८१ सालमा व्यास नगरपालिका वडा नं २ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट नेपाली विषय समूहमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij