Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छोरालाई डाक्टर बनाएकी आमाको बिएड पढ्ने रहर

  • 589
    SHARES
  • 589 Shares
  • जनचाहना न्यूज
    तनहुँ १ मंङसिर     
    “पढ्ने इच्छालाई उमेरले छेक्दैन्” भन्ने गतिलो सन्देश दिदै व्यास नगरपालिका कार्यपालिका सदस्य ४६ बर्षीय चन्द्रमाया परियारले बिएडमा भर्ना भई अध्ययन थाल्नु भएको छ । जिल्लाको व्यास नगरपालिका–८ बाहुनपोखरा निवासी परियार व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र संकाय प्रथम वर्ष बीएड नेपाली समूहमा भर्ना भई नियमित विद्यार्थी बन्नु भएको हो । 
    व्यास नगरपालिका कार्यपालिका सदस्य बन्नुभएकी परियार अहिले पनि कार्यपालिका सदस्य हुनुहुन्छ । उहाँ दुई कार्यकाल व्यासमा कार्यपालिका सदस्य बन्नु भएको हो । 
    अध्ययन छाडेको तीन दशपछि पुन ः अध्ययन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सानै उमेरमा बिवाह भयो,घरको जेठी बुहारी भएकाले घरको सबै कामधन्दा गर्नुपर्ने हुँदा उच्च शिक्षा पढ्ने धोको हुँदाहुै पनि खुम्चिएर बस्नु प¥यो ।” 
    उतिबेला घर उच्च शिक्षा पढ्नका लागि नजिक क्याम्पस थिएन,छिमेकी जिल्ला लमजुङ्ग सोतीपसल जानका लागि लामो दूरी हिड्नुपर्ने बाध्यता थियो,जुन आफ्नो लागि संम्भव नभएको उहाँले बताउनुभयो । 
    कक्षा ९ कक्षा पढ्दै गर्दा सामाजिक परम्परा अनुरुप विवाह भयो,ृउहाँले भन्नुभयो “बिहे भएपछि एस.एल.सी पास गरेको हुँ ,त्यसपछि महिला,दलित क्षेत्रमा काम गर्दै केही समय सामाजिक परिचालक भएर समय बिताएँ ।” 
    उहाँका दुई छोरा छन् । जसमध्ये जेठा डा.सन्देश,कान्छा शैलेश उच्च शिक्षाका  लागि हाल क्यानडा र पति सूर्यबहादुर चण्डदेवी माविको प्रावि तह कार्यरत छन् ।
    विसं २०८१ सालमा व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयबाट नेपाली विषय समूहमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बिएड पढ्ने इच्छा जागेकाले  भर्ना गरेकी हुँ उहाँले भन्नुभयो ।  
    उच्च शिक्षा पढ्न थालेपछि पछि घरपरिवारबाट समेत हौसला प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“अब छोराहरु हुर्किए,समयले पनि फूर्सदिलो भएको छु,यस खाली समयको सदुपयोग गर्दै उच्च शिक्षा हासिल गर्नेतर्फ अघि बढेको छु ।” 
    “पढाइ कहिल्यै ढिलो हुँदैन, सिकाइ जीवनभर हुन्छ ।” भन्ने उहाँको यस किसिमको कदमले स्थानीय तहमा मात्र होइन, सम्पूर्ण समाजमा सकारात्मक तरंग चलाएको छ ।
    राजनीतिक जिम्मेवारी, परिवार, सामाजिक उत्तरदायित्व लगायत सबैलाई मिलाउँदै उच्च शिक्षा हासिल गर्ने अठोट लिएर अघि बढ्नु भएकी परियार समाजमा सकारात्मक प्रेरणाको स्रोत बन्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार