Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका दुई सय बढी छाडा कुकुरलाई बन्ध्याकरण र रेबिज भ्याक्सिन दिइदै

  • 226
    SHARES
  • 226 Shares
  • भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँले व्यासनगरपालिका क्षेत्र भित्रका छाडा छाडिएका कुकुरको बन्ध्याकरण तथा रेबिज बिरुद्धको भ्याक्सिन दिन लागेको छ । यहि माघ ११ र १२ गते दुई दिन छाडा रुपमा छाडिएका २०० बढी कुकुरलाई समातेर बन्ध्याकरणका साथै भ्याक्सिन दिन लागेको सो कार्यालयले जनाएको छ । नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेविज बिरुद्दको भ्याक्सिन दिन लागेको कार्यालयका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए । कुकुरको संख्यामा न्यूनिकरण गर्नको लागि बन्ध्याकरण र रेबिजबाट बच्न रेबिज बिरुद्दको भ्याक्सिन दिन लागेका उनले बताए । शुरुमा व्यासनगरपालिका क्षेत्रका कुकुरहरुलाई समेटेर बन्ध्याकरण र भ्याक्सिन दिन लागिएपनि बिस्तारै क्षेत्र बृद्दि गर्दै लैजाने योजना रहेको कार्यालय प्रमुख डा.श्रेष्ठले बताए । घरमा पालिएका घरपालुवा कुकुरहरुलाई पनि व्यवस्थित गर्नको लागि दर्ता गरेर मात्रै पाल्न आग्रह गरिएको छ ।  घरमा पालेका कुकुरको रेर्कड र चिप्स राखिएपछि कसले पालेको कुकुर छाडेको हो भन्ने खुल्नुका साथै नियम अनुसार कारबाही र जरिवाना गर्न सकिने सो कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार