जनचाहना न्यूज
दमौली ८ मंसिर
सामाजिक युवा अभियान्ता अविनाश पन्थले देउसीभैलो तथा सहयोगी दाताबाट प्राप्त आर्थिक सहयोग गाउँ बस्तिका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गर्न थालिएको छ ।
आर्थिक अभावमा कष्टकर जीवन बिताउँदै आएका विद्यार्थीहरुको पहिचान गरि युवा अभियान्ता पन्थले विद्यालय पोसाक बितरण गर्दै आएका हुन् । नेतृत्व ‘न्यानो अभियान’ले प्रेरणादायी सामाजिक उदाहरण प्रस्तुत गरी समाजमा सकारात्मक सन्देश दिदै आएको छ । सहयोगी मनकारी व्यक्तित्वबाट सङ्कलित सहयोग रकमलाई सदुपयोग गर्ने उद्देश्यसहित आज व्यास–१३, बेनीमित्र प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा जुत्ता वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच ५ जना विद्यार्थीलाई न्यानो स्विटर र ४ जना विद्यार्थीलाई जुत्ता वितरण गरिएको संयोजक पन्थले जानकारी दिए । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्दै अर्थपूर्ण बनाउने अभियानको मुख्य उद्देश्य रहेको पन्थको भनाई छ । “बजार केन्द्रित विद्यालय भन्दा गाउँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्थिती पहिचान गरि गरीबिका कारण विद्यालयमा पोशाकका कारण कम उपस्थित भई पठनपाठनमा निष्क्रिया हुने गरेको पाइएको पन्थले जानकारी दिए । न्यानो पोशाकले विद्यार्थी तथा अभिभावकलाई जाडो मौसममा ठूलो राहत मिल्ने बताउँदै युवाहरूको पहलप्रति पन्थले कृतज्ञता व्यक्त गरे। समाजसेवी पत्रकार महासंघ नेपालकी केन्द्रिय सचिव सोनि शर्माले ५ जना बिद्यार्थीलाई स्विटर प्रदान गर्न आर्थिक सहयोग प्रदान गरेकी पन्तले बताए । व्यास १३ का युवा सागर पाण्डेले आफ्नो वडाको शैक्षिक क्षेत्रमा देखीएका चुनौतीलाई राहत स्वरुप प्रदान गरि पोसाकले अति बिपन्न समुदायका बिद्यार्थीहरुलाइ ठुलो सहयोग पुग्ने बताए । विद्यालयका शिक्षक ईश्वर बास्तोलाले आवस्यकताको आधारमा जो बिद्यार्थी न्यानो स्विटर र जुत्ता बिना नै स्कुल आउछन उनिहरुको स्थितीमा शैक्षिक सुधार गरि आत्मवल बढाउन सहयोग पुग्ने बताए । अन्य बिद्यार्थीको हाराहारीमा पहिचान कायम गर्न राहत मिल्ने जसको स्विटर तथा जुत्ता छैन उनिहरुलाइ नै प्राथमिकतामा राखी बितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक किशोर सुनामले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij