बन्दिपुर गाउँपालिका कार्यालयले गत पुस ३० गते जीप दुर्घटनामा परि ज्यान गुमाएका ६ जनाको परिवारलाई आइतबार राहत रकम हस्तान्तरण गरेको छ । बन्दिपुर ६ हुस्लाङ हटिया नजिकै ग १ ज ६५५५ नम्बरको बलेरो जिप दुर्घटना हुँदा मृत्यु भएकाका परिवारलाई रु.दश हजारका दरले आर्थिक सहयोग गरेको हो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा,उपाध्यक्ष करुणा गुरुङ,वडा न ६ का वडा अध्यक्ष सन्त बहादुर गुरुङले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनामा परि घाइते भएकाहरुको निशुल्क उपचारको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष थापाले बताए । जीप दुर्घटनामा परि बन्दिपुर ६ निवासी २४ बर्षीय रोशन गुरुङ,९ महिनाकी आरुबी थापा, बर्ष ४८ का सन्तबहादुर गुरुङ र बर्ष ५० की बिमाया गुरुङ, ५३ बर्षीय हरी न्यौपाने र बर्ष ४८ की सुसिला देबी न्यौपानेको मृत्यु भएको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij