जनचाहना न्यूज
दमौली २६ मंसिर
व्यास नगरपालिका–५ ठूलोटार स्थित उदय माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । महोत्सवलाई कसरी भव्य र सभ्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा आज व्यापक रुपमा छलफल गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ,पूर्व वडाध्यक्ष मोहनकुमार श्रेष्ठ,शिक्षा शाखा प्रमुख केदारनाथ आचार्य,पूर्व विव्यास अध्यक्ष यज्ञप्रसाद खनाल,पूर्व प्रअ नवराज वाग्ले,स्थानीय,बुद्धिजीवि,शिक्षक लगायतकाले आ आफ्ना सुझाव पेश गरेका थिए । विद्यालयको स्वर्ण महोत्सव कसरी मनाउने भन्ने बिषयमा विद्यालयका निमित्त प्रधानाध्यापक राजु ढकालले प्रस्ताव पेश गर्नुभएको थियो ।
विव्यास अध्यक्ष अनुप न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विद्यालयको स्वर्ण महोत्सव माघ १५,१६ र १७ गते तीन दिनसम्म भव्य रुपमा मनाउने निर्णय गरेको निमित्त प्रअ ढकाल बताउनुभयो । विद्यालयको स्वर्ण महोत्सवलाई मध्यनजर गर्दै स्थानीय आदर्श युवा क्लवले कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई विद्यालय पोशाकको रुपमा रहेको स्वीटर वितरण गर्ने जनाएको छ । उक्त क्लवले विगतका दिनहरुमा पनि विद्यालयलाई सहयोग गर्दै आइरहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij