बनमा दाउरा खोज्न जाने क्रममा करेन्ट लागेर तनहुँको ऋषिङ गाउँपालिकाका एक बृद्दको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ निवासी अन्दाजी ७२ बर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोही वडाको अजम्बरी सल्लाघारी बनमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाइनमा छुन गई करेन्ट लाग्दा निजको घट्नास्थलमै मृत्यु भएको हो । घट्नाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij