जनचाहना न्यूज
डुम्रे ४ पुस
पवित्रा मावि बन्दीपुरका पुर्व प्रअ बन्दीपुर गाउँपालिका–१ निवासी पदमबहादुर अधिकारीले सोही वडामा रहेको चिजकुमार विष्णुकुमारी ९सिकेविके० क्याम्पसमा अक्षयकोष स्थापनाका लागि एक लाख ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रममा अधिकारीले क्याम्पस सन्चालक समितिका अध्यक्ष सुन्दरलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
उक्त रकमबाट अक्षयकोष स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ती उपलब्ध गराईने क्याम्पस प्रमुख माधव पण्डितले जानकारी दिए ।
यसैविच क्याम्पसले बुधबार पवित्रा माविका नवनिर्वाचित व्यवस्थपान समितिका अध्यक्ष डिलबहादुर राना र नवनियुक्त प्रअ विष्णुप्रसाद न्यौपानेलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । पवित्रा माविका अध्यक्ष र प्रअ सिकेविके क्याम्पसको सन्चालक समितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।
उक्त कार्यक्रमको सन्चालन क्याम्पस सन्चालक समितिका सदस्य सचिव तथा क्याम्पस प्रमुख माधव पण्डितले गरेका थिए । सो कार्यक्रममा क्याम्पस सन्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij