जनचाहना न्यूज
दमौली ४ पुस
सत्यवती मा वि जुनियर रेडक्रस सर्कलद्वारा धर्मिक स्थल व्यास ३ पञ्चाय मन्दिर ,व्यास गुफा र सेती मादी नदी संगममा सरसफाइ गरेको छ।
विद्यार्थीहरुमा सामाजिक गतिविधिमा सहभागी, धार्मिक क्षेत्रको महत्त्व साथै यस्ता पवित्र ठाउँमा सधै सफा राख्नु पर्छ भन्ने उद्धेश्य विद्यार्थीहरुमा बोध गर्नको लागि सरसफाई अभियानमा सहभागी गराइएको हो ।
उक्त सरसफाइ कार्यक्रममा सत्यवती मा वि स्काउट , सत्यवती मा वि बाल क्लबको सक्रिय सहभागी रहेको थियो । सो कार्यक्रम शिक्षक सुनिता तिवारी ,शिक्षक कृष्णप्रसाद तिवारीले बिद्यार्थीहरुलाई सहजी करण गर्नु भएको थियोे । कम्तीमा ४०० किलो जति प्लास्टिक जन्य फोहोर जम्मा भएको हुदा नगरपालिका सरसफाइ शाखामा खवर गरि फोहोर सम्बन्धि निकायमा पठाइएको शिक्षक नायक प्रमोद न्यौपानेले बताउनु भयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij