उदयपुर ५ पुस
उदयपुरको त्रियुगा नगरपालिका–१ मा ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेका छन् । शुक्रबार राति उनले धारिलो हतियार प्रहार गरेर भाइको हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा धारिलो हतियारले शरीरको विभिन्न स्थानमा प्रहार गरी फरार रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij