Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तराई–मधेश द्रुतमार्ग लेनडाँडामा नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल निर्माणाधीन (तस्बिरहरु)

  • 231
    SHARES
  • 231 Shares
  • काठमाडौँ । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने यस स्थानमा २ सय ७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको हो ।

    पुल सम्पन्न भएपछि ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

    आयोजनामा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल ३ सुरुङ र ५ पुल सम्पन्न भइसकेका छन् । द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत छ ।

     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार