Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

  अभिभावकको मौलिक अधिकार हनन गर्दै भिमाद नगर समिति

  • 261
    SHARES
  • 261 Shares
  • स्थानीय सरकारको नाउँमा भिमाद नगर शिक्षा समितिले अभिभावकको मौलिक हक अधिकारलाई कुण्ठित पार्ने काम गरेको  छ । संघीय ऐनले प्रत्याभूत गरेको अभिभावकहरु मध्येबाट विद्यालय व्यवस्थापन समिति सदस्य छनौट गर्न पाउने अधिकार हनन गर्दै अलोकतान्त्रिक कार्यविधि निर्माण गरी विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया थालेको हो । उक्त कार्य प्रति नेपाली काँग्रेस भिमाद नगर कार्य समितिको गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । नेकाँ भिमाद नगर कार्य समितिका सभापति अरबिन श्रेष्ठले एक प्रेस बिज्ञप्ती जारी गरी उक्त कार्य प्रति घोर आपत्ति जनाउँदै खेद व्यक्त गरेका छन् । स्थानीय सरकारको यस्तो अलोकतान्त्रिक गैर कानुनी क्रियाकलापले अधिनायकबादी चरित्र हाबी भै अभिभावकहरुको मौलिका अधिकार समेत नगर शिक्षा समितिमा केन्द्रिकृत गर्ने कार्य प्रति निन्दा गरिएको हो । संघीय ऐन संग बाझिने कार्य बिधी अबिलम्ब खारेज गरी अभिभावहरुको हक अधिकार स्थापित गर्दै संघीय ऐन सापेक्षित कार्य बिधी निर्माण गरी तुरुन्त लागु गर्न जोडदार माग समेत सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार