जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार (भोली) देखि आलोपालो गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न लागेको छ । कोभिडको संक्रमण दिनानुदिन बढदै गइरहेको अवस्थामा कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीडभाड नघटेपछि आलोपालो प्रणाली लागु गरेको हो । यही माघ १० गते कोभिड व्यवस्थापन समितिको बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । कार्यालयबाट प्रदान गर्ने सेवा आलोपाले गरि सेवाग्राहीलाई सेवा दिने निर्णय अनुरुप सो व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार आइतबार,मंगलबार,बिहीबार तीन दिन व्यास, भानु, बन्दिपुर, देवघाट,आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिनेछ । त्यसैगरी सोमबार,बुधबार र शुक्रबार शुक्लागण्डकी, भिमाद नगरपालिका ,म्याग्दे,ऋषिङ र घिरिङ गाउँपालिकाको लागि पालो लगाइएको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij