Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

प्रशान्तले हामीलाई छाडेर जाँदा उनी निदाएका थिए, म त्यो समयमा उनकै छेउमा थिएँ : मार्था

प्रशान्तलाई उनको मृत्युको कारण नभई, उनको कामको कारण सम्झिन पत्नी मार्थाको आग्रह

  • 427
    SHARES
  • 427 Shares
  • आएर मलाई फुल दिइरहनुभएको छ। कति जना मेरो घर बाहिर उभिइरहनुभएको छ भने कति जना उहाँलाई अन्तिम पटक हेर्न अस्पताल समेत आउनुभएको थियो। सबैलाई धेरै धेरै धन्यवाद।’

    ‘म बाहिर निस्किन पाएकी छैन, तर सबैले सन्देश, रिल, उनका गीतहरू र उनको कामको माध्यमबाट समर्थन गरिरहनुभएको छ। यो प्रेमको लागि धेरै धेरै धन्यवाद। उहाँलाई सधैँ दिएको माया र समर्थनको लागी धन्यवाद। उहाँ अहिले हाम्रो बीचमा हुनुहुन्न तर म चाहन्छु सबैले उहाँको दिवङ्गत आत्माको लागि प्रार्थना गर्नुहोस्,’उनले जोडिन।

    प्रशान्तको आज दार्जिलिङमा शवयात्रा भएको थियो। दार्जिलिङका विभिन्न स्थानमा भएको शवयात्रामा उनका प्रशंसकहरूले भाग लिएका थिए भने शव राखिएको गाडीमा प्रशंसकले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन व्यक्त गरेका थिए।

    जीटीए सरकारको पहलमा तामाङको शवलाई आजै बिहान नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङमा लगिएको थियो। शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखी उनलाई ट्रिब्युट दिइयो। तामाङको आजै शवको अन्त्येष्टि गरिनेछ ।

     नेपाल प्रेस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार