Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङमा करेन्ट लागेर मृत्यु भएका बृद्वको परिवारलाई प्राधिकरणको राहत

  • 313
    SHARES
  • 313 Shares
  •                                                                                                               फोटो सहयोग ः दानबहादुर श्रेष्ठ 

    नेपाल विद्युत प्राधिकरण तनहुँले करेन्ट लागेर मृत्यु भएका ऋषिङ गाउँपालिकाका एक बृद्दको परिवारलाई मंगलबार राहत प्रदान गरेको   छ । ऋषिङ्ग गाउँपालिका– ८ निवासी ७२ बर्षीय दल बहादुर रानाको करेन्ट लागेर मृत्यु भएपछि उनको परिवारलाई काजक्रिया बापत रकम उपलव्ध गराइएको हो । सोमबार सोही वडा स्थित अजम्बरी सल्लाघारी बनमा दाउरा खोज्न जाने क्रममा करेन्ट लागेर रानाको मृत्यु भएको थियो । प्राधिकरणको लापरबाहीका कारण बृद्दको करेन्ट लागेर मृत्यु भएपछि निजका परिवारलाई रु.बीस हजार उपलव्ध गराएको   हो । नेपाल बिद्युत प्राधिकरण भिमादका प्रमुख तुल बहादुर नगरकोटी मार्फत उक्त रकम उपलब्ध गराइएको हो । उक्त रकम नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य महेन्द्र कुमार श्रेष्ठ,नेरेसो ऋषिङ्गमा सभापती रमेश कुमार श्रेष्ठ,ऋषिङ गाउँपालिका योजना शाखाका प्रमुख दानबहादुर श्रेष्ठ लगायतकाले हस्तान्तरण गरेका हुन् । प्राधिकरणले मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्तिको लागि आवश्यक प्रक्रिया अघि बढाई नियम अनुसार उपलव्ध गराउन पहल गर्ने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार